logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टलाई दुई तिहाइको समर्थन, भट्टको पक्षमा ३० मत


अंकुरण खबर
780
Shares

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सभा बैठकमा विश्वासको मत लिएका छन् ।

प्रदेश सभाको मंगलबार बसेको बैठकमा नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता भट्टले विश्वासको मत लिन प्रस्ताव राखेका थिए । उनको प्रस्तावपछि भएको मत विभाजनमा मुख्यमन्त्री भट्टले दुई तिहाइ मत पाएका छन् ।

प्रदेशसभा बैठकमा ५१ सांसदको उपस्थिति रहेकोमा भट्टको पक्षमा ३० मत पाएका थिए । यस्तै विपक्षमा ९ मत खसेको थियो । १२ जना सांसदहरुले भने मतदानमा सहभागीता जनाएनन् ।

प्रदेशसभाको अर्को बैठक आजै अपरान्ह ४ बजे पुनः बस्ने गरी स्थगित भएको छ ।