सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा रहेको मुद्दामा वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भैसकेको तर्क गरेका छन् ।
आज रिट निवेदकका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता थापाले अब अन्तरिम आदेशमार्फत शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि बाटो खोल्नुपर्ने बताएका हुन्।
प्रधानन्यायीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराईको संवैधानिक इजलामा अधिवक्ता थापाले संविधानको धारा ७६ (४) बमोजिम विश्वासको मत नलिएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएको तर्क गर्दै अब देउवालाई प्रधानमन्त्रीको लागि बाटो खोल्नुको विकल्प नरहेको तर्क गरेका हुन् ।
त्यस्तै वरिष्ठ अधिवक्ता महादेव यादवले निवेदककै तर्फबाट बहस गर्दै भने “संविधानअनुसार चार वटा सरकार बनाउन सक्छौंँ, धारा ७६ को उपधारा १, २, ३ र ६ अनुसार सरकार बनाउने भनिएको । उपधारा ३ सम्म दलहरुले सरकार बनाउने हो, ५ मा आएपछि त्यो प्रक्रिया हुँदैन ।”
न्यायाधीशका काम कारबाही माथि टिकाटीप्पनी हुनु राम्रो कुरा नभएकाले आपसी छलफल गरेर अगाडी बढ्नु पर्ने तर्क गरे ।