logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कलाकार मदनकृष्ण श्रेष्ठ अस्पतालबाट भए डिस्चार्ज


अंकुरण खबर
3.237K
Shares

कलाकार मदनकृष्ण श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन् ।

स्वास्थ्यमा सुधार आएपछि आज बिहान ११ बजे अस्पतालले उनलाई डिस्चार्ज हो । डाक्टरले उनलाई एक महिना बेड रेस्ट गर्न सल्लाह दिएका छन् ।

कलाकार श्रेष्ठ  मुटुमा समस्या आएपछि शुक्रबार राति गंगालाल अस्पताल भर्ना भएका थिए ।  अस्पतालले दुई सातापछि रेगुलर फलोअपका लागि बोलाएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

मदनकृष्णको मुटुमा एन्जियोप्लास्टी गरी दुई वटा स्टयाण्ड राखिएको छ । उनको यसअघि नै एन्जियोप्लास्टी गरेर एउटा स्टयाण्ड राखिएको थियो ।

कोरोना संक्रमण देखिएपछि श्रेष्ठ वैशाखको पहिलो साता र पछि पनि मेडिसिटी अस्पताल भर्ना भएका थिए । कोरोनामुक्त भइसकेपछि पुनः उनको मुटुमा समस्या देखिएको थियो ।