logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा संक्रमणदर घटेपनि एकैदिन मृत्यु हुनेको संख्या अहिलेसम्मकै धेरै


अंकुरण खबर
637
Shares

कोरोना भाइरसको दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा पछिल्ला दिन संक्रमितको संख्या घटेपनि एकैदिन मृतकको संख्या भने अहिलेसम्मकै बढी भएको छ ।

पछिल्लो विवरण अनुसार गएको २४ घण्टामा अहिलेसम्मकै धेरै ६ हजार १सय ३८ जना संक्रमितको मृत्यु भएको हो । दैनिक संक्रमित ४ लाख पुग्दा पनि मृत्युदर यति पुगेको थिएन् । योसंगै संक्रमितको कुल मृत्यु हुनेको संख्या ३ लाख ५९ हजार ६ सय ९५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९३ हजार ८ सय ९६ जना संक्रमित भएका छन् । यो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ९१ लाख ८२ हजार ७२ पुगेको छ ।