नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने बढेको छ ।
आज छापावाला सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाला सुनको मूल्य प्रतितोलाको ९४ हजार २०० रुपैयाँमा कायम थियो ।
आज तेजावी सुनको मूल्य प्रतितोलाको ९३ हजार ४०० रुपैयाँ निर्धारण भएको छ ।
यता, चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ३५५ रुपैयाँ कायम भएको छ ।