logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

झापामा एक छात्राको रहस्यमयी मृत्यु


अंकुरण खबर
910
Shares

झापाको दमकमा एक युवतीको रहस्यमयी मृत्यु भएको छ ।

झापाको दमकस्थित लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत सेजला कोइरालाको बुधबार साँझ रहस्यमय मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार सेजला प्रतिष्ठानमा रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत थिइन् । उनी दमक नगरपालिका–५ मा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् ।

बुधबार साँझ ५ बजे उनका साथीले मोबाइलमा सम्पर्क गरेका थिए । फोन नउठेपछि कोठामा पुग्दा शौचालयमा बेहोस अवस्थामा फेला परेको उनका साथीलाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएका छन् ।

तत्कालै लाइफलाइन अस्पताल पुर्याइएकोमा अस्पतालमै उनको मृत्यु भएको हो । सेजलाका परिवार तथा आफन्तले भने मृत्यु रहस्यमयी भएको भन्दै छानविन गर्दै प्रहरीमा जाहेरी दिएका छन् ।