logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकी प्रदेशसभाको बैठक आधा घण्टाका लागि स्थगित


अंकुरण खबर
715
Shares

गण्डकी प्रदेशसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।

प्रदेश सभा सदस्यहरुले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पेस गरेको विश्वासको मतमाथिको छलफलमा आफ्नो धारणा राखेपछि बैठक आधा घण्टाका लागि स्थगित गरिएको हो ।

केही बेरपछि सुरु हुने अर्को बैठकमा विश्वासको प्रस्तावको पक्ष र विपक्षमा बोलेका सांसदहरूको मुख्यमन्त्री गुरुङले जवाफ दिने तयारी छ ।

लगत्तै मुख्यमन्त्रीको प्रस्तावमाथि मतदान सुरु हुने बताइएको छ ।