प्रधानमन्त्री केपी शर्मा अोलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
२१ गते १० मन्त्री थपेका प्रधानमन्त्री ओलीले आज फेरि मन्त्री थपेका हुन । नयाँ विस्तारसँगै मन्त्रिपरिषद् २५ सदस्यीय बनेको छ ।
संविधानमा नेपालको संघीय मन्त्रिपरिषद् अधिकतम २५ सदस्यीय मात्र हुने व्यवस्था छ । योसँगै ओलीलाई अब नयाँ मन्त्री थप गर्ने सुविधा नहुने भएको छ । अब पुराना मन्त्री हटाएर मात्र नयाँ थप गर्नुपर्ने भएको छ ।
राष्ट्रपति कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले विभिन्न मन्त्रालयमा मन्त्री र राज्यमन्त्री नियुक्त गरेको जानकारी दिएको छ ।
‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूको नेतृत्वमा मिति २०७८/१/३१ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधान बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा देहाय बमोजिमको नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गर्नुभएको छ’। , राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको छ ।
