logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थपिए ३७४९ जना संक्रमित, ५९ जनाको मृत्यु


अंकुरण खबर
793
Shares

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७४९ जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।

देशभर कुल १५ हजार २३८ जनामा कोरोना परिक्षण गरिएकोमध्ये ३ हजार ७४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, मन्त्रालयका अनुसार कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ हजार २९३ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण ५९ जनाको मृत्यु भएको छ ।

त्यसैगरी काठमाडौं उपत्यकामा मात्रै ७६४ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा ५४०जना, भक्तपुरमा ९९ जना र ललितपुरमा १२५ जना रहेका छन् ।