logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सामूहिक बलात्कारको आरोपमा एकजना पक्राउ


अंकुरण खबर
1.261K
Shares

कञ्चनपुरमा एक जना युवतीलाई सामुहिक बलात्कार गरेको आरेपमा एकजना पक्राउ परेका छन् ।

जिल्लको बेदकोट नगरपालिका–५ धरमपुरकी १९ वर्षीय युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बेदकोट–६ ओझाखालीका २२ वर्षीय धनबहादुर विक रहेका छन् । प्रहरीले उनलाई शुक्रबार बिहान पक्राउ गरेको हो ।

घटनामा संलग्न अर्का एकजना फरार रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानमा युवतीलाई ललाई फकाई गाउँ नजिकैको नर्सरीमा लगेर बलात्कार गरेको कुरा खुल्न आएको र बलत्कृत युवतीको महाकाली अस्पतालमा स्वास्थ्य परीक्षण गराईएको उनको भनाई छ ।

बलात्कृत युवती शारीरिक रुपमा अशक्त रहेको बताइएको छ । युवतीमाथि बिहीवार दिउँसो सामूहिक बलात्कार भएको थियो ।