logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सक्रिय भयो यो वर्षको मौसम, भारी वर्षाको सम्भावना रहेकाले सचेत रहन आग्रह


अंकुरण खबर
2.457K
Shares

आज दिउँसो देशमा विभिन्न भागमा भारी वर्षाहुने छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारबाट नेपालमा यो वर्षको मनसुन प्रवेश गरेपछि अहिले पनि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ भने दिउँसो भारी बर्षाको संभावना रहेको छ ।

गत वर्षहरुको तुलानामा यस वर्ष बढी वर्षा हुने भएकाले सचेत रहन मौसमवीदहरुले आग्रह गर्दै आएका छन् । मनसुनका कारण प्रदेश १, वाग्मती प्रदेशदेखि कर्णाली प्रदेशसम्मका पहाडी भेगमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज दिउँसो देशका धेरै स्थानहरुमा मेघगर्जन,चट्टयाङ्गसहित वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भने ‘भारी’ वर्षाको सम्भावना रहेको छ ।

भोलि(आइतबार)दिउँसो देशभर बदली रही अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा हुने छ । त्यस्तै प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । भोलि राति प्रदेश १, प्रदेश २, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

त्यस्तै पर्सी(सोमबार) देशभर बदली रही अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा हुने छ भने प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने छ ।