नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।
सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा दिउँसो २ बजे बस्ने बैठकमा भदौमा गर्ने भनिएको १४ औं महाधिवेशनका विषयमा छलफल हुने जनाइएको छ ।
गत वर्षनै गर्नु पर्ने कांग्रेसको महाधिवेशन कोरोनाले रोकिएको थियो । कांग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष लगाएत अन्य केही नेताहरुले सभापति देउवाले महाधिवेशन गर्न नचाहेको आरोप लगाउँदै आएका छन् । यता पार्टी विधानको व्यवस्था अनुसार महाधिवेशन गर्ने एक वर्ष थप अतिरिक्त समय लिए पनि यो समय पनि भदौमा सकिदै छ । बैठकमा पूर्व पदाधिकारीहरुलाई पनि बोलाइएको छ ।