logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा निषेधाज्ञा एकसाता थपियो, किराना पसल ११ बजेसम्म खोल्न पाइने


अंकुरण खबर
1.235K
Shares

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थप भएको छ ।

काठमाडौं उपत्यकाका ३ वटै जिल्लाका सिडिओको संयुक्त बैठकले उपत्यकामा निषेधाज्ञा केहि खुकुलो पार्दै लम्बाउने निर्णय गरेको हो ।

उपत्यकाभित्र कोरोना संक्रमणको दर घटेपनि जोखिम उच्च नै रहेको निष्कर्ष निकाल्दै बैठकले निषेधाज्ञा थप एक साता लम्ब्याएको हो ।

अधिकारीहरुका अनुसार अब खाद्यान्न पसल बिहान ११ बजेसम्म खोल्न पाइने छ, यस्तै अनलाइन डेलिभरी गर्न दिइने छ ।

पुस्तक पसल बिहान ११ बजेसम्म र इलेक्ट्रिक-हार्डवेयर पसल दिउसो ४ बजेपछि खोल्न पाइने निर्णय भएको छ । कृषि कार्य सञ्चालन गर्न दिने तथा विभिन्न मुलुकमा जानका लागि भिसा लिने प्रयोजनमा निस्किने व्यक्तिलाई पनि सहजीकरण गर्ने निर्णय भएको छ ।

होटेल तथा रेष्टुरेष्टलाई टेकअवे सेवा दिनसक्ने अनुमति दिइएको छ । सवारी आवागमनमा लगाइएको रोक भने यथावत राखिएको छ ।

यसअघि उपत्यकाका प्रशासनले जेठ मसान्तसम्म निषेधाज्ञा जारी गरेका थिए । अब असार ७ गतेसम्म निषेधाज्ञाको आदेश जारी रहनेछ ।