logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंमा खोप कार्यक्रम पुनः सुरु हुँदै, यी ठाँउमा गएर खोप लगाउने सकिने


अंकुरण खबर
1.001K
Shares

काठमाडौं उपत्यकामा कोरोना खोप लगाउने कार्यक्रम फेरि सञ्चालन गरिने भएको छ।

काठमाडौं महानगरपालिकाले ३१ गतेदेखि असार १ गतेसम्म ६० देखि ६१ वर्ष उमेरका जेष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने जनाएको छ।

महानगरसँग अहिले पनि कोरोना विरुद्धको भेरोसेल खोप बाँकी रहेकाले खोप लगाउन छुटेका जेष्ठ नागरिकलाई पहिलो मात्राको खोप लगाउन लागेको हो।

६० देखि ६१ वर्षका जेष्ठ नागरिक, यसअघि भेरोसेल खोपको पहिलो मात्र लगाएका व्यक्ति, स्वास्थ्यकर्मी, चिकित्सक, नर्सिङ र पारामेडिकल विद्यार्थीलाई यो खोप उपलब्ध गराइने कार्यालयले जनाएको छ।

भेरोसेलको पहिलो मात्रा यसअघि जेठ २५ गतेदेखि २७ गतेसम्म ६० देखि ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई लगाइएको थियो।

यो खोप वीर अस्पताल, शिक्षण अस्पताल, विरेन्द्र शैनिक अस्पताल, निजामती कर्मचारी अस्पतालमा पुगेर लगाउन सकिनेछ ।