logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज भारी वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह


अंकुरण खबर
715
Shares

आज देशका विभिन्न स्थानमा भारी वर्षाको संभावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले विहानैदेखि बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका केही स्थानहरुमा वर्षा भईरहेको । त्यस्तै मेघगर्जन, चट्याङ्ग सहित प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी बर्षाको संभावना रहेकाले महाशाखाले सबैलाई सतर्क रहन आग्रह गरेको छ ।

त्यस्तै भोली सोमबार देशभर सामान्यदेखि पूर्ण बदली रहने र देशका धेरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।