logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ


अंकुरण खबर
728
Shares

कञ्चनपुरमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका-४ क्याम्पस टोल बस्ने ५३ वर्षीय धन बहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ ।

गुरुङले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले उनलाई आइतबार राति पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाइएको छ ।