logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

थपिएको निषेधाज्ञामा यसरी हुनेछ बैंकहरुको सेवा प्रवाह


अंकुरण खबर
845
Shares

बैंक तथा वित्तय संस्थाहरुका लागि नेपाल राष्ट्र बैंकले सोमबार नयाँ निर्देशन जारी गरेको छ ।

थपिएको निषेधाज्ञाका बेला स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर आवश्यकताअनुसार बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार नजिक नजिकै रहेका दुई वा दुईभन्दा धेरै शाखा खोल्नुको साटो एउटै शाखाबाट सेवा दिन भनिएको छ । बन्द भएका शाखाको सटरमा वा वेबसाइट र सामाजिक सञ्जालमा खुला भएको शाखाको स्पष्ट जानकारी दिने गरी सूचना दिन पनि निर्देशन दिइएको छ ।

बैंक तथा वित्तीय संस्थाले आफ्नो व्यावसायिक निरन्तरतालाई उच्च प्राथमिकतामा राखेर सकभर घरबाटै काम गर्न र कार्यालयमा पनि न्यूनतम कर्मचारी राखेर सेवा दिन राष्ट्र बैंकले निर्देशन दिएको छ ।

केन्द्रीय कार्यालयको हकमा एक तिहाइ र शाखा कार्यालयमा न्यूनतम कर्मचारी राख्न राष्ट्र बैंकले भनेको छ । सेवाग्राहीलाई पनि सकभर विद्युतीय माध्यमबाट कारोबारमा प्रोत्साहित गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।