logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

कावासोतीबाट चार लाख बढि नगदसहित ८ जना जुवाडे पक्राउ


अंकुरण खबर
1.534K
Shares

चार लाख ३२ हजार ६ सय रुपैयाँ नगद सहित ८ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

नवलपरासीको कावासोती नगरपालिका–२ लोकतन्त्र चोकस्थित रामजी पाण्डेको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँका २८ वर्षीय सागर कुँवर लगायत ८ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुका साथबाट नगद सहित र ४ बुक तास सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।