logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाली काँग्रेसमा आन्तरिक राजनीतिक चहलपहल


अंकुरण खबर
624
Shares

आगामी भदौका लागि पार्टीको १४ औं महाधिवेशन मिति तय भएसँगै नेपाली काँग्रेसमा आन्तरिक राजनीतिक सक्रियता बढेको छ ।

आगामी नेतृत्वका लागि शीर्ष नेताहरु अहिलेबाटै छलफलमा जुट्न थालेका छन् । यसैबीच काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय बैठक अहिले चाक्सीबारीमा जारी छ । काँग्रेस नेता प्रकाशमान सिंहको निवासमा पौडेल पक्षीय केन्द्रीय सदस्यहरुको बैठक बसेको हो ।

बैठक पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा केन्द्रीत रहेको बताइएको छ । यस्तै विहीबार बस्ने कार्य समिति बैठकका विषयमा समेत छलफल भएको बैठकमा सहभागी एक नेताले बताए ।

यसअघि पौडेलले जेष्ठ १९ गते संस्थापन इत्तर पक्षीय केन्द्रीय सदस्यसँग भर्चुअल मिटिङ गरेका थिए ।
सभापति शेरबहादुर देउवा र पौडेल पक्षले कागजी महाधिवेशन गर्ने गरी योजना बनाएको देउवा र पौडेल इत्तरका नेताहरुको आशंका छ ।

कोरोना र विकसित राष्ट्रिय राजनीतिका कारण महाधिवेशन गर्न नसकिए काँग्रेसमा वर्तमान पदाधिकारीलाई यथावत राखेर नयाँ विधानले परिकल्पना गरेको थप पदाधिकारीको संख्या थपेर पार्टीभित्र आम सहमति खोज्ने विकल्पमाथि बहस भइरहेको छ ।

काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक विहीबारका लागि बोलाइएको छ ।