जनता समाजवादी पार्टी, नेपालले निर्वाचन आयोगले तटस्थ भूमिका निर्वाह गर्न नसकेको निष्कर्ष निकालेको छ ।
मंगलवार विज्ञप्ति जारी गर्दै अध्यक्ष उपेन्द्र यादवले आयोगको भूमिकामाथि प्रश्न गरेका हुन् ।
आयोगले निष्पक्ष, तटस्थ भूमिका निर्वाह हुन नसकेको विज्ञप्तिमा उल्लेख छ । महन्थ ठाकुरलगायतलाई कारबाही गरिएकोबारे जानकारीसहित पार्टीको दल दर्ता किताबमा अद्यावधिक गर्न पठाइएकोमा त्यसलाई निर्वाचन आयोगको जेठ ३० को बैठकले अस्वीकार गरेकोमा गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
४ जना पदाधिकारी एवम् कार्यकारिणी समिति सदस्यहरूलाई कार्यकारिणी समितिको बैठकको बहुमतद्वारा विधिवत् निष्काशन गरी सोको अभिलेख अध्यावधिक गर्नका लागि माग गरेकोमा आयोगले त्यसतर्फ कुनै निर्णय नै नदिई निर्णयविहीन रहनुका साथै आफ्नो जिम्मेवारी, संवैधानिक र कानुनी दायित्वबाट पन्छिएको प्रस्ट भएको विज्ञप्तिमा उल्लेख छ ।
