logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

सप्तरीमा नुहाउने क्रममा पोखरीमा डुबेर एक बालिकाको मृत्यु


अंकुरण खबर
2.041K
Shares

पोखरीमा नुहाउने क्रममा डुबेर सप्तरीमा एक बालिकाको मृत्यु भएको छ ।

महादेवा गाउँपालिका–२ बस्ने अनील मण्डलकी छोरी पाँच वर्षीया अपेक्षाकुमारी मण्डलको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

घर नजिकै रहेको पोखरीमा आफन्तसँग नुहाउन गएकी बालिका पोखरीको डिलमा बसेर नुहाइरहेकी थिइन् । डलबा चिप्लिएर पोखरीमा डुब्दा बेहोस भएकी बालिकालाई तत्काल उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

मृतक बालिकाको राजविराजस्थित अस्पतालमा पोष्टमार्टम भएको प्रहरीले बताएको छ ।