logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर्णाली प्रदेशको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित


अंकुरण खबर
1.313K
Shares

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि पेश गरेको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएपछि प्रदेशसभाले नीति तथा कार्यक्रमलाई बहुमतले पारित गरेको हो ।

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रदेशसभा बैठक बस्नुअघि नेकपा एमालेको संसदीय दलले विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो । तर एमालेकै चार सांसदले दलको ह्वीप अस्वीकार गरेपछि नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

प्रदेशसभामा सभामुखसहित एमालेका २०, कांग्रेस र माओवादीका १८ र राप्रपाका एक सांसद छन् ।

नीति तथा कार्यक्रम पारित भएसँगै आजै दिउँसो ४ बजे आर्थिक वर्ष २०७८/७९ को अनुमानित आयव्यय विवरण बजेट प्रस्तुत हुनेछ ।