logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिन्धुपाल्चोको मेलम्चीमा भीषण बाढी, धेरै जन धनको क्षति,बलेफी खोलामा पनि खतराको घण्टी बज्यो (फोटो सहित)


अंकुरण खबर
4.017K
Shares

सिन्धुपाल्चोकको मेलम्चीमा आएको भिषण बाढीले ठुलो धनजनको क्षतिको भएको छ ।

मंगलबार मेलम्ची खानेपानीको मुहानभन्दा ९ किलोमिटर माथि हेलम्बु–१ स्थित नाकोटे भन्ने ठाउँमा पहिरो भिषण बाढी आएको हो । उक्त बाढी र पहिरोले अहिलेसम्म ३ पुरुष र १ महिला गरी चार जना बेपत्ता रहेको पुष्टि भएको सिन्धुपाल्चोकका जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए । अहिले आफुहरु घटनास्थल तर्फ जाँदै गरेकाले थप विवरण आउँन बाकी रहेको डिएसपी सापकोटाले जानकारी दिए ।

मंगलबार साँझ एक्कासी आएको बाढीले धेरै ठाउँमा विद्युत् र खानेपानी अवरुद्ध गरेको छ । बाढीका कारण बेपत्ता हुनेको संख्या धेरै रहेको हुनसक्ने स्थानीयले जनाएका छन् । बाढीले केही पक्की पुल समेत बगाएको छ । मेलम्ची नदीमा आएको बाढीले हेलम्बुमा रहेका सशस्त्र, नेपाल प्रहरी र नेपाली सेनाको क्याम्प मेलम्ची आयोजनाको सुरक्षार्थ रहेको चिनीया क्याम्पमा पनि क्षति गरेको छ ।

बाढी हेलम्बुको तिम्बु बजार, चनौते बजार, मेलम्ची बजार लगाएत नदी आसपासका बस्ती डुबानमा परेका छन् ।

त्यस्तै जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोकको जलबिरेस्थित बलेफी खोलामा मंगलबार राती एक्कासी जलसतह बढेर खतराको तह पार गरेकाले खुरकोट सम्ममै तटीय क्षेत्रमा सतर्कता अप्नाउँन अनुरोध गरेको छ ।