logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

मेलम्ची बजारमा फसेकालाई सेनाको हेलिकप्टरले गर्यो उद्धार


अंकुरण खबर
1.664K
Shares

मेलम्चीको बाढीमा फसेर होटलको छतमा पुगेका दुई जनालाई बुधबार बिहान नेपाली सेनाले उद्धार गरेको छ।

मेलम्ची बजारको रोज होटलको छतबाट उनीहरूलाई सेनाले हेलिकप्टरमार्फत् उद्धार गरेकाे हो।

उनीहरू मंगलबार आएको बाढीपछि उक्त होटलमै फसेका थिए। बाढीले वरिपरिबाट होटललाई घेरेको थियो भने केही तला डुबाएको थियो।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले बाढीमा फसेकाहरूको उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको बताए।