logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

उपचारका लागि दिल्ली जानुअघि महासचिव पोखरेललाई पार्टी मिलाउन नेता खनालको आग्रह


अंकुरण खबर
1.131K
Shares

पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले पार्टीका महासचिव ईश्वर पोखरेललाई पार्टी मिलाउनका लागि भूमिका खेल्न आग्रह गरेका छन् ।

हिजो (सोमबार) उपचारका लागि नर्भिक अस्पताल भर्ना भएका नेता खनाल बुधवार थप उपचारका लागि दिल्ली जानु अघि महासचिव पोखरेलसँग पार्टी एकताका लागि भूमिका खेल्न आग्रह गरेका हुन् ।

पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेका अनुसार खनालको जवाफमा पोखरेलले खनालको उपचारबाट निको भएर फर्किएपछि छलफल गर्ने बताए ।

रगतमा हेमोग्लोबिनको मात्रा कमी भएपछि नर्भिक अस्पतालमा उपचार गराइरहनुभएका खनाल थप उपचारका लागि आज भारतको नयाँ दिल्ली गएका छन् ।