सरकारले कर तिर्ने म्याद थप गरेको छ । आन्तरिक राजस्व विभागले विज्ञप्तिमार्फत म्याद थप गरिएको जानकारी दिएको हो ।
विभागले जारी गरेको विज्ञप्तिमा असार २५ गतेसम्ममा कर तिर्न आग्रह गरेको छ ।
विज्ञप्ति अनुसार २०७७ साल चैत र वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्धैमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला असार २५ गतेसम्म गरी सक्नुपर्छ ।
त्यस्तै, २०७७ चैत र २०७८ साल वैशाख महिनाको बुझाउनुपर्ने अग्रिम करकट्टी भएको रकम र त्यसको विवरण पनि असार २५ गतेसम्म बुझाउनुपर्नेछ ।
२०७७ चैत र २०७८ वैशाख महिनाको बुझाउनुपर्ने शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शूल्क र दूरसंचार सेवा दस्तुर दाखिला गर्ने म्याद समेत २५ असार २०७७ सम्म थप भएको विभागको विज्ञप्तिमा जनाइएको छ ।
