logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

निषेधाज्ञाको मोडलिटी परिवर्तन, अब स्मार्ट लकडाउन


अंकुरण खबर
819
Shares

कोभिड -१९ व्यवस्थापन निर्देशक समितिको बैठकले कोभिड -१९ सङ्क्रमणको जोखिम काम गर्दै निषेधाज्ञाको मोडल परिवर्तन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार राति बसेको समितिको बैठकले अब पनि निषेधाज्ञा जारी राख्दा आर्थिक क्षति धेरै हुने भएकाले स्मार्ट लकडाउन गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले सीसीएमसी केन्द्रको प्रशासनिक कार्यका लागि बजेट व्यवस्था गर्ने तथा निर्माण क्षेत्र र अत्यावश्यक उद्योगलाई स्वास्थ्य मापदण्ड पालनाका साथ खोल्न दिइने निर्णय गरेको छ।

त्यस्तै नेपाली श्रमिक अधिक संख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, यूएई, जापान र मलेसियाजस्ता देशहरुमा हवाई उडान फेरि संचालन गर्ने निर्णय पनि गरेको छ । यी देशहरुबाट सातामा दुई हजार जना यात्रुभन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन हुने छन्।

बैठकले वैदेशिक रोजगारीमा गएर फर्किएका तर क्वारेन्टाइनमा बस्न खर्च नभएका कामदारका लागि १० दिनसम्मको खर्च  बेहोर्ने निर्णय गरेको छ ।

यस्तै सबै नागरिकलाई खोप लगाउने तयारी तिब्र पारी आगामी साउनदेखि खोप लगाउन थाल्नुपर्ने निर्णय गरेको छ । बैठकले  गैरआवासीय नेपालीहरुबाट पठाइन लागेको अक्सिजन सिलिन्डर ल्याउन हवाई ढुवानी भाडा सरकारले उपलब्ध गराउने एवं इजरायल सरकारबाट सहयोग स्वरुप दिन लागिएको सघन उपचारमा प्रयोग हुने सामग्री स्वीकार गर्ने निर्णय पनि  गरेको छ।