logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विपत्तिको सामना गर्न ओली सरकारले कुनै पूर्व तयारी नगरेको विपक्षी गठनबन्धनको आरोप


अंकुरण खबर
2.301K
Shares

विपक्षी गठबन्धनले प्रधानमन्त्री ओली नेतृत्वको सरकारले विपत्तिको सामना गर्न कुनै पूर्व तयारी नगरेकोप्रति आपत्ति जनाएको छ।

सिन्धुपाल्चोक लगायतका क्षेत्रमा बाढीले बितण्डा मच्चाइरहँदा विपक्षी गठबन्धनले सरकार जिम्मेवार नबनेको आरोप लगाएको हो।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसहितका पाँच राजनीतिक दलले सरकारले प्राकृतिक विपत्तिको सामना गर्न कुनै पूर्व तयारी नगरी गैरजिम्मेवार रुपले प्रस्तुत भएको आरोप लगाएका छन्।

बिहीबार पछिल्लो पटक मुलुकका विभिन्न जिल्लामा बाढी र पहिरोले वितण्डा मच्चाएको सन्दर्भमा संयुक्त विज्ञप्ति निकालेका उनीहरुले सरकारबाट प्राकृतिक विपत्तिको सामना गर्ने कुनै पूर्व तयारी नगरी सरकार गैरजिम्मेवार भइरहेको अरोप लगाएका छन्।

उनीहरुले बाढी, पहिरो, डुवानबाट जनताको सुरक्षा गर्न, पीडित जनता र विस्थापितहरुका लागि तत्काल आवास, खाद्यन्न, मृतकका परिवारलाई सहयोग, घाइतेहरुको उपचार लगायतका उद्दार र राहतका काम प्रभावकारी रुपमा अगाडि बढाउन सरकारसमक्ष माग गरेका छन्।