ओखलढुंगा र पाँचथरमा लडेर २ जनाको मृत्यु भएको छ ।
ओखलढुङगाको सिद्दिचरण नगरपालिका–४ रुम्जाटार का ६७ बर्षीय बिर बहादुर ठटालको घर नजिकै बारीको डिलबाट लडेर मृत्यु भएको हो ।
बिहीबार बेलुका साढे ६ बजे उनलाई बारीको डिलबाट लडेर बेहोस अबस्थामा परिवारले फेला पारी घरमा ल्याउन साथ मृत्यु भएको थियो ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी टोली घटनास्थलमा पुगी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
त्यस्तै आज बिहान ९ बजे पाँचथर फिदिम नगरपालिका ३ का ३९ बर्षीय जय कुमार राईको सोही स्थानको फुस्रेडाडाको भिरबाट लडि मृत्यु भएको छ ।
घटनाको जानकारी पाए लगतै प्रहरी चौकी पौवासार्तापबाट प्रहरी टोली घटना स्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।