logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ससुराको हत्या गर्ने बुहारी पक्राउ


अंकुरण खबर
3.744K
Shares

घरायसी विवादमा ससुराको हत्या गर्ने बुहारीलाई प्रहरीले पक्राउ गरेको छ । मन्थली नगरपालिका १२ को गेलु बस्ने वर्ष ६५ का डिकबहादुर आछामीको हत्या गर्ने २१ वर्षीया बुहारी पार्वती आछामी पक्राउ परेकी हुन् ।

मगंलबार आफ्नै घरमा बुहारीले चिर्पट प्रहार गरेर ससुराको हत्या गरेकी थिइन् । ससुराको हत्यापछि उनले गाउँमा ससुरा मृत अवस्थामा भेटिएको भन्दै होहल्ला गरेकी थिइन् ।

प्रहरीले घटनास्थलको प्रकृति हेर्दा मृतक डिकबहादुरको हत्या भएको आशंका गरेपछि बुहारी पार्वती आछामीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । सोधपुछको क्रममा उनले चिर्पट प्रहार गरी ससुराको हत्या गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

मृतक डिकबहादुरका तीन जना छोराहरु रोजगारीको सिलसिलामा देशबाहिर छन् ।