पछिल्लो २४ घण्टामा थप २७६८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १३०३७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १९६३ तथा एन्टिजेन विधिबाट ८०५ जना संक्रमित थपिएका हुन् ।
शुक्रबार ४०२० जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म ५ लाख ४९ हजार ६८२ जना संक्रमित निको भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपाल संक्रमित निको हुने दर ८९ प्रतिशत रहेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट ४४ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म ८ हजार ६४१ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।