पछिल्लो २४ घण्टामा २ हजार ४ सय ०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६ सय ९६ जनाको नमुना परीक्षण गर्दा २४ घण्टामा २ हजार ४ सय ०१ जनामा संक्रमण पुष्टि भएको हो भने ३४ जनाको मृत्यु भएको छ । त्यस्तै यही अवधिमा ३ हजार ६ सय ६० जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार १० जनाको पीसीआर र ७१३ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो ।
काठमाडौँ उपत्यकामा भने पछिल्लो २४ घण्टामा ३ सय ३७ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौँमा २०१, भक्तपुरमा ४४ र ललितपुरमा ९२ जनामा गरी कुल ३३७ जनामा संक्रमण पुष्टि भएको हो ।