साताको पहिलो दिनको कोरोबार आज नेपाली बजारमा सुनको मुल्य घटेको छ ।
आइतबार छापावाला सुन तोलामा ८ सय रुपैयाँले घटेर प्रतितोला ९० हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार छापावाला सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुनको मुल्य प्रतितोला ८९ हजार ५५० रुपैयाँ कायम भएको छ । शुक्रबार प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मुल्य पनि १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कायम भएको छ ।