logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मोरङमा पत्रकार भनि भन्दै ठगी गर्ने २ जना पक्राउ


अंकुरण खबर
1.196K
Shares

मोरङ रतुवामाई नगरपालिका–१० बाट वनको कर्मचारी र पत्रकार हौ भनि ठगी गर्ने २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका-६ जुटबिकासका ५० बर्षीय दधिराम चौहान र मोरङ सुन्दरहरैचा नगरपालिका ७ का ५६ बर्षीय पुष्प प्रसाद सिग्देल रहेका छन् ।

गत असार ४ गते बेलुका ६ बजे रतुवामाई १० मा रहेको पूर्ण बहादुर श्रेष्ठको माईवेनी स–मिलबाट रकम उठाउन आएको बेला प्रहरीले बिशेष सुचनाको आधारमा उनिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ परेका उनिहरुको साथबाट नगद रु.३२ हजार ९ सय ९५ रुपैया, सृष्टि साप्ताहिक तथा सन्देश दैनिक समाचार पत्र लेखिएको रसिद प्याड थान–१, उठाएको रकम अभिलेख भएको डायरी थान–१, कान्तिपुर पोष्टको बजार ब्यवस्थापक परिचय पत्र थान–१, जनमत साप्ताहिकको सम्वाददाता परिचय पत्र थान-१, बराह साप्ताहिकको सम्वाददाता परिचय पत्र थान-१ बरामद भएको प्रहरीले जनाएको छ ।

बरामद भएको रकम अभिलेख डायरीमा मोरङको बिभिन्न स्थानमा बस्ने २५ जनाबाट जनही १ हजार देखी ११ हजार ५ सय सम्म उठाएको उल्लेख गरिएको छ । उनिहरुले हामी बनको कर्मचारी र पत्रकार हौं कार्यालयमा तेलको आवश्यक छ सहयोग गर्नुहोस अन्यथा तपाईहरूलाई काम गर्न अप्ठेरो हुनेछ भन्ने डर त्रास देखाई विभिन्न काठ मिलहरूमा रकम उठाई ठगी गर्ने गरेको प्रारम्भिक अनुन्धानबाट खुलेको प्रहरीको भनाई छ ।

पक्राउ परेका द्धय चौहान र सिग्देल उपर ठगी कसूरमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।