logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

सरकारको काम थाहा पाउन आँखा बन्द गरेर होइन खोलेर हेर्नुपर्छ : प्रधानमन्त्री ओली


अंकुरण खबर
4.264K
Shares

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राम्रो काम गरिरहेको दाबी गरेका छन् । उनले देशका धनी र हुनेखानेहरुले सरकारले गरेका काम नदेखेको बताएका हुन् ।

दशैं तिहार छठ लगायतका पर्वहरुको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले केही पनि गरेन भनेर भन्नेहरुलाई ‘आँखा खोलेर हेर्न’ आग्रह गरेका छन् ।

‘केही मानिस निश्चित उदेश्य बोकेर केही भएको छैन भन्ने भ्रम फैलाउँदै हिँडेका छन् । आँखा बन्द गरेर केही भएन भन्नेहरुले के भिन्नता छ भनेर थाहा पाउन आँखा खोलेर हेर्नुपर्छ । प्रधानमन्त्रीले भने,‘ ।‘

वृद्धवृद्धाको लागि भत्ता बढाएको, स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी भैरहेको, गरिबी निवारण भैरहेको प्रधानमन्त्रीको दाबी छ ।

वर्तमान सरकारले ठूला ठूला विकासका आयोजनाको सुरु गरेको वर्षौँसम्म अलपत्र परेका आयोजना पूरा गरेको दाबी गर्दै प्रधानमन्त्री ओलीले अब पश्चिम सेती, पञ्चेश्वर, बुढिगण्डकी लगायतका आयोजना निर्माणमा तीव्रता आउने बताए ।