logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पर्सामा असार १३ गतेसम्मका लागि थपियो निषेधाज्ञा


अंकुरण खबर
1.131K
Shares

गत बैशाख १६ गतेबाट पर्सा जिल्लामा जारी रहेको निषेधाज्ञाको सातौं पटक थप गरिएको छ ।

बैशाख १६ गतेबाट जारी गरिएको निषेधाज्ञाको समय आइतबार सातौं पटक थप गरी असार १३ गतेसम्मका लागि लम्बाइएको हो ।

आज बसेको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रको बैठकले भने निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्दै केही खुकुलो गरेको छ । अब निषेधाज्ञा बिद्यलाय र सार्वजनिक यातयातका सवारी साधनमाथि मात्रै लागू हुनेछ । यसरी नै पर्सामा अब सबै प्रकारका पसलहरु संचालन गर्न पाइने भएको छ ।

पर्सामा बिहान १० बजेबाट साँझ ५ बजेसम्म सबै प्रकारका ब्यवसायहरु संचालन गर्न छुट दिने निर्णय भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए । तर, पसल संचालन गर्दा स्वास्थ्यको मापदण्डहरु भने पूरा गर्नुपर्ने छ । होटल तथा रेष्टुरेन्टहरु पनि खुला गर्न पाइने र यसका लागि होम डेलिभरी र टेक अवे सेवा मात्रै संचालन गर्न पाइने निर्णय भएको छ ।

वीरगन्ज नाकाबाट प्रवेश गर्न भारतीय नागरिकहरुमाथि प्रतिबन्ध जारी नै राखिएको छ भने कृषि सहितका औषधी पसलहरु भने २४ सैं घण्टा संचालनका लागि अनुमति दिइएको छ ।

बैठकले विवाहमा १५ जना, मृत्यु संस्कार लगायतका धार्मिक कार्यमा १५ जना भन्दा बढी सहभागी हुन नपाउने र सेमिनार, भेला, कार्यक्रम लगायतका सबै गतिबिधि गर्न रोक लगाएको छ भने लामो समय बन्द अवस्थामा रहेका सरकारी कार्यालयहरु संचालन गर्न पाइने भएको छ ।