पर्साको वीरगञ्जमा नेपाली सेनाको एक सिपाहीले आफैंमाथि गोली हानी आत्महत्याको प्रयास गरेका छन् ।
आइतबार राति करिब साढे ८ बजेको समयमा ड्युटीमै रहेका चण्डीप्रसाद गणका २२ वर्षीय श्यामबाबुप्रसाद चौहानले आफैंमाथि गोली चलाएका हुन् ।
वीरगञ्जकै पोखरिया नगरपालिका वडा नम्बर ५ घर भएका उनले आफ्नो राइफलबाट गोली चलाए । गोली लागेर गम्भीर घाइते भएका चौहानलाई नारायणी अस्पतालमा लगिएको थियो। त्यहाँ प्रारम्भिक उपचार पछि नेसनल मेडिकल कलेज वीरगञ्जमा लगिएको छ।
आफ्नो चिउँडो मुनिबाट हानेको गोली त्यहाँबाट लागेर आँखामुनिबाट निस्किएको प्रहरीले जनाएको छ ।
गोली किन हानेको भन्ने विषयमा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।