नेपाली बजारमा सुन–चाँदीको मूल्य फेरि बढेको छ । सोमबारको तुलनामा सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको हो ।
मंगलबार छापावाला सुन तोलाको ९१ हजार रुपैयाँमा कारोबार भएकोे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार छापावाला सुन तोलाको ९० हजार ४०० रुपैयाँमा कायम भएको थियो ।
आज तेजाबी सुनको भाउ पनि बढेर तोलाको ९० हजार ५०० पुगेको छ ।
दुई दिनदेखि चाँदीको भाउ पनि निरन्तर बढेको छ । चाँदीको भाउ आज बढेर तोलाको १३ सय पुगेको छ ।