जनता समाजवादी पार्टी (जसपा) बाट मन्त्रिपरिषदमा सामेल भएका ११ जना सरकारमा रहने कि नरहने भन्नेबारे सर्वोच्च अदालत सुनुवाइ शुरू भएको छ ।
सर्वोच्च अदालतमा जसपाको ११ र पूर्वमाओवादीका २ जना मन्त्री नियुक्त गरिएको विरुद्ध परेको रिटमाथि सुनुवाई सुरु भएको हो ।
प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा र प्रकाशकुमार ढुंगानाको इजलासमा सुनुवाई सुरु भएको छ ।
सर्वोच्च अदालतले यसअघि अन्तरिम आदेश दिन इन्कार गरेपछि पुरक निवेदनको रूपमा अर्को निवदेन दर्ता भएको थियो ।