logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजदेखि प्रतिनिधिसभा विघटन विरुद्धको मुद्धामा निरन्तर सुनुवाई हुँदै


अंकुरण खबर
1.027K
Shares

धेरैको चासो रहेको प्रतिनिधिसभा विघटन मुद्दामा आजबाट सुनुवाई शुरु हुँदै छ ।

गत जेठ २६मा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सहित ५ न्यायाधीशले असार ९ अर्थात आजबाट निरन्तर सुनुवाइका लागी मुद्दा पेश गर्न लिखित आदेश गरेका थिए ।

विपक्षी गठबन्धनमा १ सय ४६ प्रतिनिधिसभाका सदस्यहरुले संसद विघटन बदर गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नु पर्ने भन्दै परमादेशको माग गरेका थिए । संसद पुनः स्थापना गर्नु पर्ने भन्दै सर्वोच्चमा ३० वटा रिट परेका छन् ।

विघटन मुद्दाको सुनुवाइका लागी प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपक कुमार कार्की,ईश्वरप्रसाद खतिवडा, मीरा खड्का र डा.आनन्दमोहन भट्टराई रहेका छन् ।

निरन्तर सुनुवाई शुरु भएदेखि ३२ घण्टामा बहस सिध्याउने आदेश रहेको हुँदा आज बुधबारबाट शेर बहादुर देउवा सहितका १ सय ४६ सांसदहरुको रिटमा सुनुवाई हुनेछ ।

रिट, निवेदक तर्फका कानुन ब्यवसायीलाई १५ घण्टा, प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन ब्यवसायी र सरकारी वकिललाई बहसका लागी १५ घण्टा समय छुट्याइएको छ । एमिकस क्युरीका लागी दुई घण्टा समय छुट्याइएको छ ।