logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ सुरु


अंकुरण खबर
1.495K
Shares

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दामा निरन्तर सुनुवाइ सुरु भएको छ ।

प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासले गत जेठ २६ गते आदेश जारी गर्दै आजदेखि निरन्तर सुनुवाइ गर्न पेशी तोकेको थियो।

सोही अनुसार उक्त मुद्दामा निरन्तर सुनुवाइ सरु भएको हो । सुरुवातमा आज रिट निवेदकका तर्फबाट बहस प्रारम्भ भएको हो । रिट निवेदकको तर्फबाट बहस गर्नका लागि २ सयभन्दा बढीले वकालत नामा दर्ता गरेका छन् ।

तर, सबै रिट निवेदकले बहस भने गर्न पाउने छैनन् । किनभने इजलासले रिट निवेदक, विपक्षी र एमीकस क्यूरीको तर्फबाट बहस गर्नका लागि समय नै निर्धारण गरिदिएको छ ।

इजलासले रिट निवेदक पक्षलाई बहसको सुरुवातमा १२ घण्टा र जवाफी बहसका लागि ३ घण्टा गरी कुल १५ घण्टा समय दिएको छ । त्यस्तै विपक्षीलाई पनि १५ घन्टा निर्धारण गरेको छ । भने एमीकस क्यूरीका लागि २ घन्टाको कुल समय तोकिएको छ ।

रिट निवेदकको तर्फबाट आज ५ जना कानून व्यवसायीहरूले बहस गर्ने छन् ।