logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एनआरएनए सचिवमा सुष्मा राईसहित सात जनाको उम्मेदवारी


अंकुरण खबर
1.261K
Shares

काठमाडौं  – गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय परिषद्को सचिव पदमा सामाजिक अभियान्ता सुष्मा राईसहित सातजनाको उम्मेदवारी परेको छ।

निर्वाचन कमिटीले सार्वजनिक गरेको पहिलो चरणको नामावलीअनुसार दुई जनाको लागि गरिने सचिव पदको निर्वाचनमा राईसहित दीपकप्रसाद ओली, अभिमानसिंह बस्नेत, शिवकुमार बरुवाल, गौरीराज जोशी, आरके शर्मा र विनय अधिकारीको उम्मेदवारी परेको छ। उम्मेदवारहरू रे मातृभूमिको समृद्धिका लागि गैरआवासीय नेपालीको ज्ञान, सीप, पुँजी र अनुभवलाई जोड्ने प्रतिबद्धता जनाएका छन्।

सुष्मा राई कुल आचार्य समूहबाट सचिव पदमा उठेकी छन्। ‘म, मेरो, एनआरएनए र मेरो नेपाल’ भन्ने नारासहित हुने सम्मेलनमा विभिन्न देशबाट दुई हजार ५०० प्रतिनिधिहरु सहभागी भएको जनाइएको छ।