logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्सेमा ५३.८८ अंकको गिरावट


अंकुरण खबर
1.69K
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज बुधबार उच्च अंकको गिरावट आएको छ ।

आज नेप्से ५३.८८ अंकले घटेर दुई हजार ८ सय ५९ दशमलब ९६ विन्दुमा थामिएको छ । त्यस्तै, आज ८ अर्ब ३६ करोड २६ लाख बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा राद्यी विद्युत कम्पनी र ङादी ग्रुप पावर कम्पनी रहेका छन् । जसको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।

त्यस्तै, आज १५ वटा कम्पनीको मात्रै शेयरमूल्यमा बृद्धि भएको छ । १६५ वटा कम्पनीका लगानीकर्ताले आजको कोरोबारमा गुमाएका छन् ।

कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल रि–इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज ५४ करोड भन्दा बढीको शेयर कारोबार भएको छ ।

मंगलबार नेप्से ७९.४३ अंकले बढेर दुई हजार ९ सय १३ दशमलब ८४ विन्दुमा पुगेको थियो ।