logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

राष्ट्रपति राजनीतिका आधारमा नभई संविधानका आधारमा चल्नुपर्छ : वरिष्ठ अधिवक्ता थापा


अंकुरण खबर
1.001K
Shares

वरिष्ठ अधिवक्ता शम्भु थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो राजनीतिक पृष्ठभूमिका आधारमा नभई संविधानअनुसार चल्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज (बुधबार) संवैधानिक इजलासमा बहसका क्रममा उनले राष्ट्रपतिले संविधानविपरीत कार्यकारिणी अधिकार आफ्नो हातमा लिन खोजेको आरोप पनि लगाए।

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस गर्दा राष्ट्रपतिले संविधानको धारा ७६ को कार्यान्वयन प्रक्रिया पूरा भएको छ कि छैन भनेर हेर्नुपर्नेमा त्यसो नगरिएको थापाको स्पष्टोक्ति थियो।