logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ


अंकुरण खबर
1.586K
Shares

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

२२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बेदकोट नगरपालिका १० नयाँगाउँ भागेश्वरी टोल बस्ने ४० वर्षीय चक्र सार्कीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

सार्कीले ती महिलालाई गोठालो गएको बेला चधरा नदी नजिक जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी सुडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।