logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सर्वोच्चको फैसलाले सरकारका काममा बाधा भयो : प्रधानमन्त्री ओली


अंकुरण खबर
1.716K
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले आफु नेतृत्वको सरकारलाई काम गर्न न्यायालयले अप्ठ्यारो परेको जीकिर गरेका छन् ।

बिहीबार नेपाल टेलिभिजनमा अन्तरवार्ताको क्रममा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठन सम्बन्धी सर्वोच्चको पछिल्लो आदेशले सरकारलाई समस्यामा पारेको दाबी गरेका छन् । उनले भने, ‘यो राजनीतिक इस्यु हो । राजनीतिक इस्युमा अदालत प्रवेश नगर्ने नजिर पटक–पटक स्थापना भएको छ । यो राजनीतिक विषय हो, राजनीतिक हिसाबले विघटनको सिफारिस गरेको छ, यसमा कोर्ट प्रवेश गर्दैन भन्ने नजिर छ । पहिलेका नजिर फलो नगर्ने, पछ्याउने होइन, नयाँ–नयाँ नजिर बनाउने गरिएको छ । हिँड्दैछ, पाइला मेट्दैछ । अहिले जे चाहियो, त्यो गर्ने ।’

उनले यसपटकको प्रतिनिधिसभा विघटन आफ्नो सिफारिसमा नभइ संविधानको बाध्यकारी परिस्थितिअनुरुप भएको बताए । संविधानले नै २५ जनासम्मको मन्त्रिपरिषद् बनाउने व्यवस्था गरेकोमा कोभिडको यो महामारी अन्य प्राकृतिक विपत्ति बढि भएको यो अवस्थामा नियुक्त गरेका मन्त्रीहरुनै हटाउनु सरकार माथिको ठुलो खेल भएको प्रधानमन्त्री ओलीको भनाई थियो ।

प्रधानमन्त्री ओलीले आफु बिरुद्ध ठुलो संयन्त्र लागे पनि आफु सत्य,न्याय,देश र जनताको सर्वोपरी हितमा लागेकाले त्यस्ता शक्तिलाई परास्त पारेरै छाड्ने बताए ।