logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

दाङबाट पक्राउ पर्ने विप्लव समूहका २१ नेता (नामावलीसहित)


अंकुरण खबर
1.781K
Shares

प्रहरीले नेत्रविक्रम चन्द विप्लव समूहका २१ नेतालाई दाङबाट पक्राउ गरेको छ । दाङको गढवा गाउँपालिकास्थित एक घरमा बैठक बसिरहेका वेला प्रदेश र जिल्ला प्रहरीको टोलीले छापा हानेर उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विप्लवका दाजु चन्द्रबहादुर चन्द (वीरजंग) छन् । चन्द्रवहादुर उक्त पार्टीका मध्यपश्चिम ब्युरो कमान्डर हुन् । प्रहरीका अनुसार पक्राउ पर्ने सबै विप्लव समूहको राप्ती ब्युरोका नेताहरु छन् । विप्लव समूहको गतिविधि तीव्र बन्दै गएपछि नेपाल प्रहरीले यतिखेर दाङमा अपरेसन चलाएको छ । प्रहरीले बैठकस्थलबाट महत्त्वपूर्ण दस्तावेज पनि बरामद गरेको छ ।

पक्राउ पर्नेहरू :

१. चन्द्रबहादुर चन्द (वीरजंग) केन्द्रीय सदस्य तथा लुम्बिनी ब्युरो इन्चार्ज एवं मध्यपश्चिम कमान्ड इन्चार्ज

२. केशवबहादुर बाँठा मगर (सुवास) राप्ती ब्युरो इन्चार्ज

३.  सविन पोख्रेल (राप्ती ब्युरो कार्यालय सचिव)

४. रामबहादुर थापा ९सुन्दर०  राप्ती ब्युरो एवं न्याय विभाग समिति जिल्ला संयोजक

५.  बबिन केसी (पाटन, जंगली) – युवा संगठन नेपाल केन्द्रीय अध्यक्ष

६.  यमलाल कटुवाल (विक्रम) जिल्ला इन्चार्ज

७.  प्रदीप वली (जिल्ला सेक्रेटरी)

८.  सुनील पौडेल (बुद्धिजीवी)

९.  एकराज चौधरी (एरिया नम्बर ४ इन्चार्ज एवं जिल्ला जनपरिषद् सदस्य)

१०. धनबहादुर बोहोरा (महान) एरिया नम्बर १ इन्चार्ज एवं राजपुर गापा सेक्रेटरी

११.  तिलक पुन (पूर्वजनमुक्ति सेना)

१२.  सुरज विक (दलित राष्ट्रिय मुक्ति मोर्चा जिल्ला अध्यक्ष)

१३.  हितप्रसाद रोका (पार्टी सदस्य)

१४.  पोष्टमान घर्ती (रोल्पा जिल्ला सदस्य)

१५.  दलबहादुर खत्री

१६.  अमित घर्ती मगर

१७.  बालकृष्ण शर्मा

१८.  जित क्षत्री

१९.  रमेश आचार्य

२०.  विष्णु थापा

२१.  कुलबहादुर ओली