प्रतिनिधिसभा विघटन मुद्दामा संवैधानिक इजलासमा शुक्रबारको बहस सकिएको छ ।
रिट निवेदक तर्फका कानुन व्यवसायीलाई छुट्याएको समय अब २ घण्टा ३५ मिनेट बाँकी छ ।
प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराले इजलासमा रिट निवेदकका कानुन व्यवसायीलाई २ घण्टा ३५ मिनेट समय बाँकी रहेको जानकारी गराएर इजलास स्थगित गरेका हुन् ।
शुक्रवार वरिष्ठ अधिवक्ता श्रीहरी अर्याल, अधिवक्ता डा. दिनमणि पोखरेल, सुनिल पोखरेल, टीकाराम भट्टराई, वरिष्ठ अधिवक्ता मुक्ति प्रधान र गोपाकृष्ण घिमिरेले बहस गरे । रिट निवेदक तर्फका कानुन व्यवसायीको बहस आइतबार सकिने छ ।