logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिन्धुलीमा बस र मोटर साईकल ठोकिदा एक जनाको मृत्यु


अंकुरण खबर
1.326K
Shares

काठमाडौं – बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाँउपालिका–२ साँदीमा विपरित दिशाबाट आई रहेको यात्रुबाहक बस र मोटरसाईकाल ठोकिदा एक यात्रुको मृत्यु भएको छ ।

बिहिबार बिहान झापाबाट काठमाडौं आई रहेको मे १ ख ३१८२ नम्बरको बस र काठमाडौंबाट उदयपुर तर्फ गई रहेको बा ६५ प ८५४८ नम्बरको मोटर साईकल एकआपसमा ठोकिदा उदयपुर जिल्ला त्रियुगा नगरपालिका–९ निवासी २७ बर्षिय नबिन बिसुङखेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार ठक्करबाट गम्भिर घाईते भएका मोटर साईकल चालक बिसुङखेलाई उपचारको लागि धुलीखेल लैजाने क्रममा बीच बाटोमा नै मृत्यु भएको हो ।

बसका चालकलाई पक्राउ गरि आवश्यक कारबाही प्रक्रिया अघि बढाईएको प्रहरीले जनाएको छ ।