logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अझै ३ दिन भारी वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह


अंकुरण खबर
728
Shares

आज प्रायः देशैभर हल्कादेखि भारी वर्षाको संभावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघ गर्जनसहित भारी वर्षाको संभावना रहेको छ ।

महाशाखाका अनुसार भोलि (आइतबार) पनि दिउँसो धेरै स्थानमा पानी पर्ने संभावना छ भने राति प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ ।

त्यस्तै (पर्सी)सोमबार देशभर बदली रही केही स्थानमा वर्षा हुने तथा राति प्रदेश १ का केही स्थानमा भारी वर्षा हुने छ । भारी वर्षाका कारण बाढी पहिरोको जोखिम रहेकाले आवश्यक सतर्कता अप्नाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।